अस्वस्थ जीवनशैलीका कारण उच्च रक्तचापको जोखिम बढ्दै

काठमाडाैं | जेठ ३, २०८०

अस्वस्थ जीवनशैलीका कारण उच्च रक्तचापको जोखिम बढ्दै

काठमाडौं:  आज विश्व उच्च रक्तचाप दिवस मनाइँदै छ । हरेक वर्ष मे १७ तारिखमा यो दिवस मनाउने गरिएको छ । 

 

तनावयुक्त जीवनशैली, अस्वस्थ खानपान, प्याकेटका खानेकुरा, प्रशोधित पदार्थ लगायतका कारण उच्च रक्तचापका बिरामीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ ।

 

उच्च रक्तचापलाई ‘हाइपरटेन्सन’ पनि भनिन्छ । उच्च रक्तचाप नसर्ने धेरै रोगमध्ये अकाल मृत्युको प्रमुख कारण बनेको छ ।

 

उच्च रक्तचापका कारण मुटु, मृगौला, मस्तिष्क र आँखामा जटिल समस्या आउन सक्ने मुटु रोग विशेषज्ञ डाक्टर शिवजी बिक्रम सिलवालले बताउनुभयो ।

 

केही वर्ष यता नेपालमा उच्च रक्तचापका बिरामीहरु बढिरहेका छन् । डाक्टर सिलवालका अनुसार जाँडरक्सी खाने, चुरोट–सुर्ती खाने, मोटोपन भएका र शारीरिक परिश्रम नगर्ने व्यक्तिहरुलाई उच्च रक्तचापको जोखिम हुन्छ ।

 

यस्तै, मधुमेह, मिगौलाको समस्या भएका र गर्भवतीहरुलाई पनि उच्च रक्तचापको जोखिम हुने मुटु रोग विशेषज्ञ डाक्टर शिवजीबिक्रम सिलवालले बताउनुभयो ।

 

यस्तै, धेरै नुन तथा बोसो र चिल्लो पदार्थ खाने, हरियो सागसब्जी तथा फलफूल कम खाने तथा मानसिक तनावका कारण पनि उच्च रक्तचापको जोखिम हुन्छ , बेलैमा उपचार गराएर रक्तचापलाई सन्तुलनमा नराखे मृगौला फेल हुने, हृदयघात, पक्षघात हुने, हातखुट्टा नचल्ने जस्ता समस्या देखिने डाक्टरले बताएका छन् ।  

 

सन्तुलित खानपान, शारीरिक अभ्यास र तनाव घटाए उच्च रक्तचापको समस्या कम हुने डाक्टर बताउँछन् ।

 

रक्तचाप नियन्त्रणमा राख्न तनाव व्यवस्थापनसहित स्वस्थ जीवनशैली अपनाउन तथा योग र ध्यान गर्न डाक्टरको सुझाव छ । 

मकवानपुरः    मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले  आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् ।   प्रहरीचौकी पदमप...

थप पढ्नुहोस्

पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

थप पढ्नुहोस्

कञ्चनपुरः  बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आउनुभएको छ । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा आरन सञ्चालन गर्दै उहाँल...

थप पढ्नुहोस्